आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी
![आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी](https://www.dcnepal.com/wp-content/uploads/2025/02/newskarkahna-news814060.jpg)
काठमाडौं। इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनाविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन मार्को अर्नाउटोभिकदे गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । फियोरेन्टिनाका लागि रोलान्डो मन्ड्रागोराले गोल फर्काएका हुन् ।
खेलको २८औं मिनेटमा मारिन पोन्ग्रासिकबाट आत्मघाती गोल हुन पुग्दा इन्टरले अग्रता लिएको थियो । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा मान्ड्रागोराले पेनाल्टीमार्फत गोल गर्दै फियोरेन्टिनालाई बराबरीमा ल्याएका थिए ।
अर्नाउटोभिकले ५२औं मिनेटमा गोल गर्दै इन्टरलाई २–१ ले अगाडि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टरले स्पष्ट तीन अंक जोड्यो ।
जितसँगै दोस्रो स्थानको इन्टरले २४ खेलमा ५४ अंक जोडेको छ । यो लिग लिडर नापोलीको भन्दामात्र एक अंक कम हो । पराजित फियोरेन्टिना समान खेलबाट ४२ अंकका साथ छैटौं स्थानमा छ ।
Facebook Comment