ट्रक र स्कार्पियो ठोक्किँदा ५ जना घाइते
रौतहट। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोक्किँदा पाँच जना घाइते भएका छन्। स्कार्पियो क्षतविक्षत बनेको छ।
मंगलवार बिहान ८:२० बजे चन्द्रपुर ५ चाँदीपुलस्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना.४ च. ३६९४ न.को स्कारर्पिओ र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०१-००६ ख.५७ २९ न.को ट्रक एक आपसमा ठाेक्किएका थिए।
ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका- ३ का सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ। दुर्गा भगवती गाउँपालिका ५ का प्रशान्त ठाकुरको बाँया हात, दाहिने आँखामा चोट लागेको छ। दुर्घटनामा स्कारपियाे चालकसहित पाँच जना घाइते भएका हुन्। उनीहरू सबै खतरामुक्त रहेकाे जनाएकाे छ।
घाइतेहरुलाई उपचारकोलागि चन्द्रपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरी नगरपालिका ४ बस्ने बर्ष २८ को फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्।
Facebook Comment