रौतहटमा स्कारपिओ र मालबाहक ट्रक ठोक्किँए

डिसी नेपाल
२९ माघ २०८१ १२:२८

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित चाँदी पुल नजिक स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किएका छन्। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

चन्द्रपुरबाट सर्लाही जाँदै गरेका ना.४ च.३६९४ नम्वरको स्कारपिओ र विपरित दिशाबाट आउदै गरेका बा.प्र. ०१–००६ ख ५७२९ नम्वरको मालबाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

पूर्व-पश्चिम राजमार्गमा मंगलवार विहान करिब साढे ८ बजे दुबै साधन एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरले जनाएको छ। स्कारपिओका चालक सहित पाँच जना घाइते भएको र उनीहरूको चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार घाइतेहरुको टाउको, निधार, हात, आँखालगायतका शरीरको विभिन्न भागमा चोट लागेको छ।

बारा सिम्रौनगढ नगरपालिका वडा नम्वर ७ का २८ बर्षिय सन्तोष कुशवाहाको टाउको, निधारमा चोट लाग्दा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

रौतहट मौलापुर नपा ३ का २० वर्षीय सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का १८ बर्षीय प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका ३ मटिअर्वा घर भएका २१ बर्षीय स्कारपिओ चालक रामविनोद महतो र सोही नगरपालिका वडा नम्वर २ का १८ प्रदीप कुशवाहा घाइते भएका छन्।

ट्रक चालक दोलखा जिरी नगरपालिका वडा नम्वर ४ का २८ बर्षिय फुरी तामाङलाई सहित ट्रक र स्कारपिओ इलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *