फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु

डिसी नेपाल
२९ माघ २०८१ १३:२५

काठमाडौं। सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ।

अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो। रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन्।

निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए। फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय छ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता छन्।

फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ। निर्देशक बस्नेतले फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *