सरकारलाई रास्वपाको प्रश्न- मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्दैन?

डिसी नेपाल
२९ माघ २०८१ १४:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शून्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन्।

‘सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। भाषणमा पारदर्शिताको नारा घन्काउनेहरू किन यसबारेमा मौन छन्‚’ उनको प्रश्न छ। उनले अबिलम्ब सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *