सवारी दुर्घटनामा शिक्षकको निधन
![सवारी दुर्घटनामा शिक्षकको निधन](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Photo-2.jpg)
जनकपुर । धनुषामा भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ। मिथिला नगरपालिका–४ पुष्पवलपुर निवासी पूर्णबहादुर विश्वकर्माको सोमबार राति सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उनी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए। जनकपुरधामबाट ढल्केबरतर्फ आउँदै गर्दा सोमबार राति करिब ९ बजे उनले चलाएको मधेश प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी मिथिला नगरपालिका–२ नक्टाझिजमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा विश्वकर्मा सवार स्कुटीलाई ठक्कर दिएको आशंकामा बा. १८ च. ८७६८ नम्बरको स्कारपियो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comment