नेसपा (नयाँ शक्ति) को १३ बुँदे समसामयिक प्रस्ताव (पूर्णपाठ)
![नेसपा (नयाँ शक्ति) को १३ बुँदे समसामयिक प्रस्ताव (पूर्णपाठ)](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Dr.-Baburam-Bhattarai-Sir-1536x1152-1.jpg)
काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशनले १३ वटा प्रस्ताव पारित गरेको छ। काठमाडौंमा जारी महाधिवेशनले समसामयिक १३ प्रस्ताव पारित गरेको हो।
नेसपाले सत्ता स्वार्थका लागि हुने गरेको बारम्बारको गठबन्धन र सरकार परिवर्तनले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको निष्कर्ष छ।
प्रतिवेदनमा भनिएको छ, ‘चालु संसदलाई छलेर विभिन्न अध्यादेशहरू ल्याई राज्य चलाउने सरकारको पुरानो राजनीतिक प्रवृत्तिले लोकतन्त्रका साथै समग्र प्रणालीप्रतिको जनवितृष्णा समेत बढ्दै जाने भएको हुँदा यस्तो अलोकतान्त्रिक प्रवृत्तिको यो महाधिवेशन घोर भर्त्सना गर्दछ।’
त्यस्तै, राजनीतिक दलहरूबीच भएको सत्ता गठबन्धन र सरकार परिवर्तनको अभ्यासले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको सो पार्टीले निष्कर्ष निकालेको छ।
‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न तथा सन्तुलित वाह्य सम्बन्ध सञ्चालन गर्न यो महाधिवेशन नेपाल सरकार समक्ष माग गर्दछ। खासगरी छिमेकी राष्ट्र भारत र चिनसंगको सम्बन्ध पारस्परिक हित र समनिकटताका आधारमा विकास गर्दै नेपाललाई दुई छिमेकी राष्ट्रबिचको गतिशिल पुलकोरुपमा स्थापित गर्न यो महाधिवेशन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ प्रतिवेदनमा भनिएको छ।
Facebook Comment