अटोसँग चित्तल ठोक्किँदा पाँच जना घाइते
![अटोसँग चित्तल ठोक्किँदा पाँच जना घाइते](https://www.dcnepal.com/wp-content/uploads/2023/05/Accident.jpg)
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, रसल बोर्डिङ स्कुल नजिक मंगलबार बिहान ११ बजे अटो दुर्घटना भएको हो।
पदमपोखरीबाट गुम्बा चोकतर्फ गइरहेको ना२ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किँदा अटो पल्टिएर दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार, दुर्घटनामा अटो चालक ४२ वर्षीय नर बी. तामाङ को दाहिने हात र खुट्टामा मध्यम चोट लागेको छ । अटोमा सवार अन्य ४ जना सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा पठाइएको छ। दुर्घटनापछि चित्तल पुनः जंगलतर्फ भागेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment