उद्योग समितिको बैठकबाट मन्त्री यादव रिसाउँदै बाहिरिन खाेजेपछि‍‍‍…..

डिसी नेपाल
५ भदौ २०७६ १७:०२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धीत मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससंग सम्बन्धीत विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहतका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिएका हुन्।

सभापति विमल श्रीवास्तवले सम्बन्धीत विषयमा सरोकार राख्ने पक्षसंग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बने।

मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? भन्दै उनी बसेको कुर्सीबाट उठेका थिए। बैठक छोडेर मन्त्री बाहिरिन खोजेपछि केहीबेर स्थिति असहज बन्यो।

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फर्किएका मन्त्री यादवले मिडियाप्रति पनि आक्रोस पोखे। उनले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुको साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण नै गराए।

औद्योगिक व्यवसाय सम्बन्धी विधेयकमा छलफलका लागि बसेको बैठकको सुरुदेखि नै तनाबपुर्ण बनेपछि समिति सदस्यहरुले समितिको संबैधानिक अधिकार, संसदीय पद्धति, क्षेत्राधिकार लगायतबारे आवश्यक ज्ञान राख्न मन्त्रीलाई सुझाएका थिए।

समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपनि बैठक निर्धारित विषय वस्तुमा प्रवेश नै नगरि शुक्रबार बस्ने गरि स्थगित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *