विश्व र्‍याङ्किङ (जी २) २०२५ यूएस ओपनमा निर्णायकको भूमिकामा राजु छेत्री

डिसी नेपाल
२ फागुन २०८१ १२:२९

काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजु छेत्रीले अमेरिकाको रेनो सहरमा फेब्रुअरी १४ देखि १६, २०२५ सम्म आयोजना हुने विश्व र्याङ्किङ (जी २) २०२५ यूएस ओपन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन्।

यो प्रतियोगिता रेनो-स्पार्क्स सम्मेलन केन्द्रमा विश्व तेक्वान्दो, यूएसए तेक्वान्दो र यूएसए ओलम्पिक कमिटीको संयोजनमा आयोजना हुनेछ।

यस प्रतियोगितामा ओलम्पियन र विश्व च्याम्पियन खेलाडीहरू सहित करिब २,५०० खेलाडीहरूले सहभागिता जनाउनेछन्।

छेत्रीले यसअघि २०२४ यूएस ओपन तेक्वान्दो च्याम्पियनशिप (रेनो), कोरियामा आयोजित विश्व र्याङ्किङ (जी १) किमुनयोङ कप, लस भेगासमा आयोजित २०२३ यूएस ओपन विश्व र्याङ्किङ जी २, जापानको ओसाकामा आयोजित जापान ओपन र कोरियामा आयोजित २०२३ सोङनाम ओपन लगायतका प्रतिष्ठित प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।

नेपाल तेक्वान्दो संघ (एनआरए) का पूर्व अध्यक्ष र २००८ कोरिया ओपन विश्व र्याङ्किङ (जी २) अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक विजेता छेत्रीलाई खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत कोरियाली सरकारले २०१३ मा मानार्थ नागरिकता प्रदान गरेको थियो।

छेत्रीको यो नियुक्ति नेपाली तेक्वान्दोका लागि ठूलो गर्वको विषय हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *