प्रणय दिवसमा हास्यव्यङ्ग्य कविता वाचन

अमेरिका। नेपाली हास्यव्यङ्ग्यको मझेरी बांगा अक्षरले प्रणय दिवस बिशेष हास्यव्यङ्ग्य कविता वाचन कार्यक्रम आयोजना गरेको छ।
जुम प्रबिधि मार्फत आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली हास्यव्यङ्ग्यका सिद्दहस्त श्रस्टा तथा फित्कौली अनलाइन मिडियाका प्रधान सम्पादक नरनाथ लुईटेल थिए।
उक्त कार्यक्रममा बिश्वभरका १५ जना श्रस्टाले प्रणयको लेपनलागेका हास्यव्यङ्ग्य रचनाहरु वाचन गरेका थिए। कार्यक्रमको संचालन बांगा अक्षरका संयोजक नारायण भट्टराईले गरेका थिए। डिसी नेपाल अनलाइन मिडियाबाट लाईभ प्रशारण भएको उक्त कार्यक्रम तीन पटक ओम्कार ध्वनी उच्चारण गरेर शुरु गरिएको थियो।
करिव एक घण्टा बिस मिनेट संचालन भएको उक्त कार्यक्रममा साहित्यकार बिश्वराज अधिकारी, अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजका महासचिव राजु सिटौला, साहित्यकारहरु ऋषि बस्ताकोटी, शिब पलाँस, अमर कार्की, युवराज भण्डारी, जमुना भट्टराईले हास्य, व्यङ्ग्य र प्रणय भावले भरिपूर्ण रचनाहरु बाचन गरेका थिए।
त्यस्तै गरी बांगा अक्षरका कार्यकारी सदस्यहरु गायत्री लम्साल, प्रमोद अमात्य, राजेन्द्र कार्की, टिका लम्साल, बाबु आचार्य, भोज अर्याल, अर्जुन दाहाल र नारायण भट्टराईले पनि व्यङ्ग्य रसले भरिपूर्ण प्रेममय कविताहरु वाचन गरेका थिए।
कार्यक्रमका प्रमुख आकर्षक फित्कौली बा यानीकी नरनाथ लुइँटेलले चोटिलो ब्यङ्ग कविता वाचन गरेर कार्यक्रमलाई थप उर्जावान बनाएका थिए। आफ्नो रचना वाचनका अलावा नरनाथ लइँटेललेले आफ्नो जीवन भोगाइका रमाइला किस्साहरु पस्कदै नेपाली हास्यव्यङ्ग्यको बिकास र वर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा बाचन गरिएका कविताहरुमा छोटो टिप्पणी गर्दै लुइँटेलले भने,-नेपालमा भएका २०४६ साल पछिका राजनैतिक परिवर्नतपछि नेपाली हास्यव्यङ्ग्य साहित्य बढी व्यङ्ग्य प्रदान भएको छ।
कार्यक्रमको सुरु र अन्त्य डिसी नेपालबाट प्रसारण हुने द ब्रिज टकका संचालक, कमेडियन तथा बाङ्गा अक्षरका कार्यकारी सदस्य अर्जुन दाहालले आफ्ना रमाइला मुक्तक र रसिक किस्साबाट गरेका थिए।
Facebook Comment