कतारमा मनाइयाे ३० औं जनयुद्ध दिवस

डिसी नेपाल
४ फागुन २०८१ १०:४५

दाेहा। नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस मनाएको छ। तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरू गरेकाे दिनलाई जनयुद्ध दिवस मनाउँदै आएको छ।

मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षत र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेकक) प्रदेश सह-इनचार्ज डिबी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो। क्षेत्री हजारिया अभियानता तथा अहिलेको सामाजिक सउरक्षा कोषका अभियानता पनि हुन्।

कार्यक्रमा माओवादी केन्द्र एसिया प्रदेश(शार्क बाहेक )संयोजक शनि कुमार ओलीको पनि बिशेश उपस्थित थियो। संयोजक ओलीले आफ्नो मन्तव्य राख्ने क्रममा माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि सही रहेकाे दाबी गरे।

्जरनयुद्धलाई प्रतिगामी तत्वहरुले गलत तरिकाले ब्याख्या अपब्याख्या गरेकोप्रति दुख व्यक्त गरे। यो आन्दोलमले सम्पूर्ण सिमान्तकृत बर्गहरुको अधिकार र हितको निम्ति रहेको बताउँदै गिरिजाप्रसाद कोइराला र माधाव नेपालले आन्दोलन सफल बनाउनको निम्ति सहयोग गरेको र त्यो सहयोग बिना सफल नहुने बताए। बहुमतको आडमा नेपाली जनताको हक अधिकारलाई कुण्ठित गर्ने गरि अहिलेको सरकारले संविधान संशाेधन गर्नखोजेको आरोप लगाए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि रहेका क्षेत्रीले परदेशमा रहेका सम्पूर्ण श्रमिकहरुलाई एकजुट भएर राम्राकाम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए। आफुले एनआरएन अभियाममा रहँदा हरारे अभियान संचालन गरेको र अहिले त्यही अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रुपमा स्थापित गरेकोप्रति खुशी व्यक्त गर्दै यस अभियानमा प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई जोडिनको लागि पनि अपिल गरे।

कार्यक्रमा मन्तव्य राख्ने क्रममा कतारमा सथापित सम्पूर्ण संघ-सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *