प्रधानमन्त्रीलाई १० सांसदको प्रश्न

आफू मेनपावरको मान्छे नभएको र संविधान बमोजिम अध्यादेश जारी गरेको ओलीको दाबी (पूर्णपाठ)

डिसी नेपाल
४ फागुन २०८१ १६:४०

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० जना सांसदले प्रश्न सोधेका छन्।

प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री ओली र सांसदबीच सवाल-जवाफ भएको हो।

ओलीले देशभित्र गुणस्तरीय शिक्षा, रोजगारी र अन्य अवसरहरू सिर्जना गरी युवा पलायन रोक्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराए। देशमा लगानीको वातावरण निर्माण गरि रोजगारी सिर्जना गर्न कानुनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको उनले बताए। ओलीले सरकारले संविधान अनुसार नै अध्यादेश जारी गरेको बताएका थिए।

यस्तै प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो? जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै प्रधानमन्त्री आक्रोसित भएका थिए।

उनले सांसद शाहले आफ्नो प्रश्नमा नै सबै उत्तर बोकेर आएको भन्दै उत्तर समेत दिएनन्।

उनले भने, ‘उहाँका प्रश्नहरु, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन?, युवा विदेश पठाएर जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो? तपाईले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन्। प्रश्नमा उत्तर बोकेर आउनु भएको छ। यहाँलाई धन्यवाद छ।’

सांसद साहले नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाई किन मौन बस्नुभयो? विदेशमा तीनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता किन गर्नुभयो< अहिलेको शताब्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो? जस्ता प्रश्नहरु प्रधानमन्त्रीलाई गरेका थिए।

‘नेपाली नागरिकता परित्याग गरी विदेश नागरिकता लिनेहरुको संख्या कति छ < उनीहरुको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कति छ? ती अवैध सम्पत्तिलाई राज्यको स्वामित्वमा ल्याउन तपाईले के–के गर्नुभयो? खुलेआम अवैध सम्पत्तिलाई विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने? सक्षम कि असक्षम ? झण्डै ७० लाख भन्दा नेपाली युवा अहिले वैदेशीक रोजगारीमा छन्। श्रम सम्झौताअनुसार वर्षमा झण्डै ४० खर्ब रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेको रिपोर्ट बुझ्दा यो वर्ष १३ देखि १४ खर्ब मात्र आउने सम्भावना छ। मेरो प्रश्न छ। नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाईं किन मौन बस्नुभयो। संख्याको अनुपातमा ती रेमिटेन्स सबै किन नेपाल आएन < विदेशमा तीनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो? अहिलको शताव्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो?,’ उनको प्रश्न छ।

यो पनि पढ्नुहोस्,

संसद्‍मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुन्छन्: प्रधानमन्त्री ओली

पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामाः प्रधानमन्त्री

भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *