प्रधानमन्त्रीले फेरि भने-यो सरकार कुनै पनि हालतमा ढल्दैन

डिसी नेपाल
५ फागुन २०८१ १४:५४

दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको वर्तमान सरकार कुनै हालतमा नढल्ने बताएका छन्।

सोमबार लुम्विनी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको १७ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने भन्दै त्यसअघि वर्तमान सरकार कुनै हालतमा तलमाथि नहुने बताएका हुन्। १७ महिना तोप हाने पनि सरकार नढल्ने भन्दै उनले धेरै बल नगर्न सुझाव समेत दिए।

प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपरेको दोहाेर्‍याए। उनले कतिपयले पार्टीले फुटाउँदै छन् भनेर गरिएको हल्ला कल्पना बाहिरको कुरा भएको जिकिर गरे।

पार्टी फुटाउने हल्ला अस्थिरता बढाउनेको भद्दा मजाक भएको उनले बताए। प्रधानमन्त्री ओलीले अहिलेको परिवर्तन र अधिकारलाई थप बलियो बनाउँदै संविधानलाई थप परिष्कृत गर्नका लागि संशोधन गर्न खोजिएको जनाए।

त्यस्तै प्रधानमन्त्री ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैं बनाउनुपर्नेमा जोड दिए। मुलुकमा लगानी भित्र्याउने र उद्योग स्थापनाका लागि सहजीकरण गर्न सरकारले अध्यादेश ल्याएको ल्याएको भन्दै उनले आमरुपमा अध्यादेशले उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको अधिकतम उपयोगमार्फत बिकास निर्माणलाई तीव्रता दिने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुपर्नेमा जोड दिए।

“चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ। हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ’’, प्रधानमन्त्री ओलीले भने, “कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्छ। उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ। त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ। तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ। केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ। कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ।’’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *