भारतमा नेपाली विद्यार्थीमाथि परेको समस्याप्रति सरकारले चासो देखाएनः सांसद पौडेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भारतको ओडिसास्थित एक विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि परेको समस्याप्रति सरकारको चासो नदेखिएको बताएका छन्।
सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दैै पौडेलले घटना घट्नेबितिकै चासो देखाएर समाधानमा केन्द्रीत हुनुपर्नेमा सरकारले निकै ढिलो गरेको बताएका हुन्।
पौडेलले सरकारले विद्यार्थीहरुलाई सहज वातावरण बनाउन नसकेको बताए। नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत तत्काल सम्बन्धीत विद्यार्थीहरुको समस्या समाधान गर्नुपर्ने उनले बताए।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली एक विद्यार्थीको मृत्युको घटनालाई लिएर पाँच सय बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालयले निष्कासन गरेको छ।
Facebook Comment