कतारमा लेखक अखण्ड भण्डारीको “बोरा” विमोचन

दाेहा। अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा “बोरा” उपन्यासका लेखक अखण्ड भण्डारीको बोरा उपन्यास कतारमा “विमोचन तथा विमर्श” भएको छ।
गैरआवासीय नेपाली संघको साहित्य विभागले कतार भ्रमणमा आएको मौका पारी लेखक भण्डारी कृत उपन्यास बोरा दोहाको मुम्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा विमोचन तथा उपन्यासमाथी विमर्श गरेको हो।
एनआरएन एनसिसि कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा भएको उपन्यास विमोचन तथा विमर्श कार्यक्रममा दोहाका साहित्यकार, पत्रकार, राजनीतिकर्मी र विभिन्न जिल्ला सस्थाका प्रतिनिधिहरुले पुस्तक लोकार्पण तथा विमोचन गरेका थिए।
पुस्तक विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै समिक्षक सुरेश भट्ट आश्रिनले बोरा उपन्यासले वर्तमान अवस्थामा हाम्रो समाजमा हुने गरेको सत्य घटनालाई उजागर गरेको बताए।
भट्टले बोरा उपन्यास असती छोराले आमालाई दिएको दर्दनाक आलो घाउको सत्य कथा भएको बताएका छन् साथै चावहिलको पुलमुनिबाट रश्मी भन्ने पात्रले उद्धार गरिएकी यमुनालाई उपन्यासमा सशक्त पात्रका रूपमा उभ्याइएको र पठनिय रहेको उत्कृष्ट उपन्यासमा केहि पश्चिमा अङ्ग्रेजी शब्दहरु प्रयोग नगरेको भए हुने उनले भने।
लेखक भण्डारीले महिनौंको खोजपछि वृद्धाश्रमका आमाबाको क्रन्दनलाई फिक्सन मार्फत लेखेको बताउँदै भन्छन्- हिजो वृद्धवृद्धालाई डोकोमा हालेर फालेको पाइन्थ्यो! आजभोलि बोरामा हालेर फालेको आफैंले देखेपछि र भेटेपछि उपन्यासको नामकरण बोरा रहन गएको बताएका हुन्।
Facebook Comment