१४ वर्षीया बालिका बलात्कृत

काठमाडौं । बझाङमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment