आज दुईवटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
८ फागुन २०८१ ९:०७

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ र पूर्वाधार विकास समितिका बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *