पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

डिसी नेपाल
८ फागुन २०८१ ९:१२

गण्डकी। पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका – ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ ।

समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा। अजय थापाले जानकारी दिए ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *