इजरायलको तेल अभिभको दक्षिणमा तीन बसमा विस्फोट

काठमाडौं । इजरायलको प्रमुख शहरहरू मध्ये एक तेल अभिभको दक्षिणमा अवस्थित बाट याम शहरमा तीनवटा बसमा विस्फोट भएको छ। यी विस्फोटहरूमा अहिलेसम्म कुनै हताहतको रिपोर्ट आएको छैन।
इजरायली प्रहरीका अनुसार यो एक शंकास्पद आतंकवादी हमला हो। इजरायली प्रहरीले दुई अन्य बसहरूमा बम विस्फोट गराउने उद्देश्यले राखिएका उपकरणहरूलाई पनि निष्क्रिय पारेको बताएको छ।
इजरायलका यातायात मन्त्री मिरी रागेभले देशका सबै बस र रेलहरूको आवागमन रोक लगाएकी छन्, ताकि विस्फोट गराउन कुनै उपकरण जडान गरिएको छ कि छैन भनेर अनुसन्धान गर्न सकियोस्।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बललाई वेस्ट बैंकका शरणार्थी शिविरहरूमा ‘गतिविधि बढाउन’ आदेश दिएका छन्।
इजरायल रक्षा बलले एक विज्ञप्तिमा भनेको छ – ‘आइडीएफले इजरायल प्रहरी र शिन बेट सुरक्षा एजेन्सीसँग मिलेर बट याममा भएको घटनाको अनुसन्धान गरिरहेको छ।’
Facebook Comment