हमासले बन्धक भनेर गलत महिलाको शव फिर्ता गरेको इजरायलको आरोप

काठमाडौं । बिहीबार गाजाबाट चार जनाको शव इजरायल फिर्ता गरिएको छ। हमासले एउटा शव शिरी बिबासको भएको दाबी गरेको छ भने इजरायली सेनाले उक्त शव इजरायली बन्धक शिरी बिबासको नभएको बताएको छ।
७ अक्टोबर २०२३ मा हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ५ वर्षीया एरियल र २ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो। यी व्यक्तिहरूको मृत्युको खबरले इजरायलमा क्रोध र शोकको लहर फैलियो।
इजरायल रक्षा बलले बिबासको परिवारलाई उनीहरूका छोराहरूको शव पहिचान भइसकेको जानकारी दियो, तर तेस्रो शव उनकी आमा शिरी बिबासको थिएन।
आइडीएफले बाँकी बन्धकहरूसँगै शिरी बिबासको शव फिर्ता गर्न माग गरेको छ। यद्यपि, इजरायलको दावीको बारेमा हमासले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
“पहिचान प्रक्रियाको क्रममा, यो निर्धारण गरियो कि फेला परेको थप शव शिरी बिबासको थिएन, र त्यो शवको पहिचान कुनै पनि बन्धकसँग मेल खाँदैन,” आइडीएफले एक्समा लेख्यो “यो शवको पहिचान हुन सकेको छैन। यो अज्ञात छ।”
आइडीएफले भन्यो “गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार, नोभेम्बर २०२३ मा दुवै बालबालिकालाई “आतंककारीहरूले क्रूरतापूर्वक मारेका थिए”।
यद्यपि, हमासले इजरायली बमबारीबाट बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताएको छ।
हमासले शिरी, एरियल र काफिरलाई बन्धक बनाउँदा शिरी लगभग ३२ वर्षकी थिइन्, एरियल ४ वर्षका थिए र काफिर ९ महिनाका थिए।
Facebook Comment