एउटै पुस्तकमा पञ्चामृतको स्वाद: सहिददेखि विभुषणसम्मको विकृति

विभिन्न कोणबाट नेपालको इतिहास लेखिएको त पाठकवर्गले अनुभूति गर्नु नै भएको छ, तर एउटा पुस्तक चटनीको स्वादमा लेखिएको अनुभूति गर्ने अवसर धेरै पाठकहरुले पाउनु भएको छैन होला।
तर डा. तीर्थप्रसाद मिश्रले लेख्नु भएको नेपालको इतिहासका केही रोचक प्रसङ्गहरु मा भने शहिदको ओइरो लगाउँदा शहिद परिवारका सदस्यहरुले नै आत्महत्या गर्न खोजेको प्रसङ्ग होस या तक्मा, विभुषणको खेतीका प्रसङ्ग हुन्, सबैमा चटनीको स्वादमा व्यङ्य हानिएको छ।
हुन त इतिहास हो तर पढ्न थालेपछि खहरे खोलाले बगाएजस्तै गरेर पाठकलाई सलल बगाएर पुस्तकको अन्तिम पानासम्म लगेरै छाड्छ। यसो हुनुको मुख्य कारण भनेको पुस्तकको शुरुवात राष्ट्रवादीहरुलाई मनछुने कुराबाट गरिएको छ भने त्यसपछिका सबै लेखहरु छोड्नै नमिल्ने खालका छन् र अन्त्य पनि बिर्सनै नसिकने वाक्यहरुले भरिपूर्ण छ। यसैले पुस्तकका लेखक प्रा. डा. तीर्थप्रसाद मिश्रको कलम विविधतायुक्त विद्याभित्रपनि नयाँ नयाँ तरङ्ग ल्याउने गरी चलेको पाइन्छ।
मिश्रले पुस्तकमा समेट्नु भएका लेखहरुले थरीथरीको चटनीको स्वादमा इतिहासदेखि बर्तमानसम्मलाई फरक ढङ्गले व्याख्या गरिदिंदा पुस्तक विभिन्न प्रकारको चटनीको स्वादमा एकीकृत रुपमा पस्किएको एउटा पठनीय सामग्री बन्न पुगेको छ।
नेपालको इतिहास लेखन कार्यमा नेपाली इतिहासकारले नयाँ÷नयाँ खोज तथा अनुसन्धान गरी अभिलेखालयका प्राथमिक तथा द्वीतीय सामग्रीको प्रयोग गर्दै समाजका प्रत्येक घटनासँग आबद्ध भइ ती घटना विवरण तथा विष्लेशणका आधारमा पुस्तक प्रकाशित गर्दै आएको पाइन्छ।
वास्तबमा नेपालको इतिहास लेखन बिधा राजनीतिक प्रभाबबाट मुक्त भइ समाजमा घटने पत्येक घटनालाई बस्तुनिष्ठभै मुल्याङ्कन गर्ने चुनौती इतिहासकारमा रहेको छ। देशमा घट्ने मह्त्वपूर्ण घटना राज्यसँग सम्बन्धित हुन्छ। इतिहासका प्रत्येक घटनालाई उजागर गर्नसक्नु एक सबल इतिहासकारको दायित्व पनि हो।
विश्वका विकसित देशले पनि इतिहासकारले दिशाबोध गरेका कुरालाई समेटी इतिहास तयार पारेको पाइन्छ। देशको नीति निर्माण तथा कार्यक्रमको आरम्भ गर्दा इतिहासका बिज्ञहरुको राय सल्लाह र सुझाव लिनसकेमा भोलिको नेपाल सबल हुने थियो।
‘भनिन्छ बिगतको इतिसबाट सिकेर भबिष्यको इतिहास सबल बनाउन सकियोस इतिहासलाई सम्मान गर्न सकेमा मुलुक सुसभ्य अपेक्षित विकास हुने दृष्टान्त बिभिन्न मुलुकले देखाइ सकेका छन्।
यिनै तथ्यलाई आधार मान्दै नेपालको इतिहास लेखन बिधामा प्रा.डा तीर्थ प्रसाद मिश्रले नेपालको इतिहास लेखन बिधामा महत्वपूर्ण योगदान दिनुभएको छ। इतिहास लेखन अध्ययन-अध्यापन तथा अनुसन्धानको क्षेत्रमानै सर्मपण गर्नुभएका प्राध्यापक तीर्थप्रसाद मिश्रका करिब तीन दर्जन जति पुस्तक प्रकाशित भइसकेका छन्।
एकसय पचासभन्दा बढि बिषयगत अनुसन्धनात्मक लेख, १५ जनाभन्दा बढी शोधार्थीको शोध निर्देशन गरी उनीहरुलाई विधाबारिधिको उपाधि दिलाउन सफल भइ सक्नु भएको छ। उहाँले स्बदेशी तथा बिदेशी विश्वविद्यालयमा बिषयगत सम्मेलनमा सहभागी भइ कार्यपत्र प्रस्तुत गरी सक्नुभएको छ।
एसियाली अनुसन्धान केन्द्रमा रही वरिष्ठ अनुसन्धान विज्ञ भइ कार्य गरी सक्नुभएका प्राध्यापक मिश्र प्राज्ञिक, सामजिक, शैक्षिक, विश्वविद्यालय, सिनास, पोखरा विश्वविद्यालय तथा इतिहास विभागको प्रमुख भइ सरकारी, गैरसरकारी संघसंस्थमा महत्वपूर्ण क्षमता देखाइ सक्नुभएको छ।
यसर्थ उहाँको हाल इतिहास अध्ययनको बिषयलाई समाज र त्यसबेला घटेका चर्चित घटनालाई तुलना गर्दै लेख्नु भएको पुस्तक नेपालको इतिहासका केही रोचक प्रसङ्गहरु बारेमा संक्षिप्त रुपमा समीक्षा गरेको छु-१९६ पृष्ठको पुस्तककोे प्रकाशन पुष्पा मिश्रले गर्नु भएको छ भने मुख्य वितरक पशुपति पुस्तक भण्डार, पुरानोबानेश्वरले रहेको छ।
पुस्तक आठ परिच्छेदमा बिभाजन गरी तयार पारिएको छ। पुस्तक तयार पार्ने क्रममा लेखकले प्हिलो र दोश्रो परिच्छेदमा पुर्ण रुपमा अभिलेखालयका मौलिक श्रोत लाई समाबेश गरी त्यस्को नेपालीमा ब्याख्या गरिएको छ। ऐतिहासिक भाषण तथा ऐतिहासिक दस्ताबेजसहित त्यसको ब्याख्या तथा बिश्लेशाण गएिको छ।
अन्य परिच्छेदका सामग्री भने केही मौलिक श्रोत, केही प्रकाशित सामग्री तथा कतै कतै अन्र्तवार्ता समेत समाबेश गरी पुस्तक तयार पारिएको छ।
यस पुस्तकको तेश्रो परिच्छेददेखि आठौं परिच्छेदसम्म समाबेश गरिएका सामग्री सहितका लेखहरु हिमालय टाइम्स, नागरिक दैनिक, अन्नपूर्ण पोष्ट तथा हिमाल खबर, डिसी नेपाललगायतका पत्रिका र अनलाइनमा यस अघि प्रकाशित भइसकेका छन्।
परिच्छेद एकमा ऐतिहासिक भाषणहरु, मुख्यगरी चन्द्र शमशेरले प्रथम बिश्वयुद्धमा भाग लिने नेपाली फौज समक्ष गरेको भाषण, धन्यवाद ज्ञापन, भीम शमशेरको भाषण, भोटले माफी माग्यो युद्ध ट¥यो, नेपालले धेरै पटक भोटसंग युद्ध गरेको, मुख्यगरी ग्याल्पुको समस्यालाई लिएर।
पछि ग्पाल्पुको समस्या निराकरण भएको देखेर भीमशमशेरले ऐतिहासिक भाषणमा भने भोटले माफी माग्यो युद्ध ट¥यो जस्ता महत्वपूर्ण माफीपत्रको व्यहोरासहितको परराष्ट्र मन्त्रालयको अभिलेख समाबेश गरिएको छ।
परिच्छेद दुईको ऐतिहासिक दस्ताबेजमा काजी भौरब बा.गढतौलाका चार जाहेरी छन् जसमा नेपालले भोटमा पठाएका सौगात मण्डलहरु, सन १८८५को सुर्पुदर्गी, किन गर्नुपर्यो।
यो सन्धीका सर्तहरु अंग्रेजीमा प्रकाशित भए पनि नेपालीमा प्रकाशित नभएकाले यस बारेमा सबै पाठकलाई भारतको दिल्लीको अभिलेखालयमा रहेको सन्धिको प्रति त्यसलाई उतारेर जस्ताको त्यस्तै राखिएको छ।
किनभने पछि अनुसन्धान गर्नेलाई महत्वपूर्ण सामग्री प्राप्त हुन सकोस् भनेर लेखकले धेरै मेहनत गर्नु भएको छ। भोटका लागि वकिल जीत बा.लाई दिएको निर्देशनमा पनि अभलेखालयका सामग्री समाबेश छन्।
चिनियाँ सम्मानबाट उठेको प्रश्न १ र २ जो अभिलेखालयका सामग्रीलाई समेत जस्ताको त्यस्तै उतारेर त्यसलाई नेपालीमा समेत लेखिएको छ। यस्ता मौलिक सामग्री समाबेश लेखककले यस पुस्तकमा समाबेश गरिनाले भबिष्यमा यस बिषयमा अनुसन्धान गर्ने अनुसन्धानकर्तालाई बाटो खोली दिनुभएको छ। त्यस्तै गरी चन्द्रशमशेरलाई इकाई काबागुचीको मन्त्रणा, जो जापानी भाषमा लेखिएकाले त्यसलाई अंग्रेजी तथा जापानी भाषालाई समेत समाबेश गरिएको छ।
परिच्छेद तीनमा-अति सर्बत्र वर्जयेत : हिजो र आज शीर्षकमा केही महत्वपूर्ण बिषयबस्तु समाबेश छन् जसमा-
राष्ट्रिय बिभुतीः सम्मानपूर्वक बिचार गर्नुपर्ने, सालिकको राजनीति, नेपालमा सहिदको सम्मान कि सम्झौता, नेपालमा सार्वजनिक बिदा हिजो आज, नेपालमा आबासीयदूत, नेपालमा बिभुषण तक्मा र कदर, नेपालमा अन्र्तघातको राजनीति, नेपालीका लागि हिन्दुस्तान सधैं तीर्थ किन, सतामा हुनेलाई भारत मुखिको आरोप शीर्षकका लेखहरु समावेश छन्।
लेखकले हिजोको सरकारी कार्यशैली आजको कार्य शैलीको सुक्ष्म ढंगले तुलना गर्नु भएको छ- ऐतिहासिक ब्यक्तिलाई सम्मान घोषणा गर्दा राज्य आफैं सम्मानित हुन पुगेको, जो महेन्द्रको राज्यकालमा बालकृष्ण समको नेतृत्वमा गठित समितिले गौतम बुद्ध, रामशाह, अरनिको, पृ.ना.शाह, अमर सिंह थापा, भमिसेन थापालगायत १८ जनालाई सम्मनित गरिएको थियो तर राज्यको प्रष्टनीति तथा आधार नबनाई राष्ट्रिय बिभूति चयन गर्दा उसको मर्यादा गरिमामा आँच पुग्ने टिप्पणी सहित लेखकले ब्यंग्य गर्नु भएको छ।
नेपालमा सालिकको राजनीति हिजो र आजमा आएको परिबर्तनलाई उठान गर्दै सालिक बनाउने र भत्काउने दुबै कार्यमा राजनीतिक रंग दिइएको, यसको निर्माण गर्दा स्पस्ट नियम र मापदण्ड हुनु प¥यो भन्ने सन्देश दिइएको छ।
सहिदका सम्बन्धमा बि.स.२०६२÷०६३ को जनआन्दोलनपछि सरकारले द्वन्द्वका क्रममा मारिएका असंख्य मानिसलाई सहिद बनाउन थालेपछि सहिद परिबारकै १२ जना सदस्यले सहिदको अपमान गरेकोमा सामुहिक आत्मादाहको चेतावनीसमेत दिएका घटनालाई समेत उल्लेख गरिएको छ। तर यस्ता लेखाइमा अझ प्रमाणले पुष्टि गरेको भए झन् बढी आधिकारिक हुने थियो मान्यता रहिआएको छ।
बिभुषण तक्मा र कदर पत्र दिने प्रचलनमा पनि सिफरिसको भरमा होइनकि उस्को क्षमता, योग्यताका आधारमा मापदण्ड बनाई दिनुपर्ने सन्देश दिइएको छ।
नेपालको शासन ब्यबस्थाको प्रारंभिक अबस्था देखिनै शासन सत्तामा बिभाजन, हत्या, षड्यन्त्र, दाउपेच जस्ता घटना राणाकाल पछि झन बृद्धि, २०४६ पछि कृष्ण प्र.भट्टराई माथि गरिएको अन्र्तघात,२०५१ पछि झन् बढी, कांग्रेस-एमाले, माओवादी पार्टी उत्तिकै मौलाएको, राजतन्त्रकोसमेत अन्त्य गराउन सफल यो भाइरसले हालसम्म पनि सताएको पुस्तकमा उल्लेख छ।
नेपालका लागि भारत धार्मिक तथा राजनैतिक हिसाबले सधैं सम्र्पक स्थलका रुपमा परिचित छ। नेपालमा आवासीयदूत नियुक्ति गर्दा कुटनैतिक मर्यादा पालन नगर्ने सरकारको नीति राष्टलाई संकट परेको बेलामा ती दूतले अपेक्षा अनुसार आफ्नो कैशलता प्रर्दशन गर्न नसक्ने भएकाले यस कार्यमा सचेत रहन सुझाव समेत दिइएको छ।
बिभुषण तक्मा र कदर पत्र दिने प्रचलनमा पनि सिफारिसको भरमा होइन कि उसको क्षमता, योग्यताका आधारमा मापदण्ड बनाई दिनुपर्ने सन्देश दिइएको छ।
लेखकले दुइबटा ब्यक्तित्वका बारेमा चर्चा गर्दे बिदेशमा नाम: स्वदेशमा गुमनाम भएका घटना लाई ऐतिहसिक आधारमा लेखेका पाइन्छ- पहिलो हो भृकुटी, दोश्रो हो अरनिको यिनीहरु दुबैलाई चिनाउँदै जसको विदेशमा नाम स्वदेशमा गुमनाम किन भनि प्रश्न गर्नका साथै नेपालमा गुमनाम भएपनि चीन तथा भोटमा नेपाली भनेर चिनाउने यी दुबै बहुआयमिक प्रतिभासम्पन्न धर्ती पुत्र हुन्।
लेखकले यस पुस्तकमा ओझेलमा परेका केही ऐतिहासिक पात्रका बारेमा सरल भाषामा बिबरणका आधारमा जानकारी गराउन खोज्नु भएको छ ती काजी भीम मल्ल, दिनानाथ उपाध्याय, गेहेन्द्र शमशेर, जीत बा.खत्री,पदम शमशेर हुन्।
लेखकले यस पुस्तकमा ओझेलमा परेका केही ऐतिहासिक पात्रका बारेमा सरल भाषामा अन्र्तराष्ट्रिय क्षेत्रमा महत्वपूर्ण कार्य गरेका काजी भीम मल्ल दरवारी षड्यन्त्रको कारणले काटिए, सेन राज्यका भारदार दिनानाथ उपाध्याय, पृथ्बी नारायण शाहले अंग्रेज बिरोधी अभियानमा किनलकलाई हटाउने कार्यमा उपयोग गरिएको थियो।
उनले अंग्रेजको सीमा बिबाद समस्या साबधान गर्न योगदान दिए, त्यस्तै जीतबहादुर खत्रीले सन १९०४ को ल्हासा सम्झौताको साक्षी बनी बिबाद समाधान गर्न महत्वपूर्ण योगदान दिए।
त्यस्तै वीर शमशेरको पहिलो सन्तान गेहेन्द्र शमशेर नेपालको पहिलो बैज्ञानिक आफूले बनाएको पेस्तोल उक्त पेस्तोल खल्तीमा राखी चन्द्रलाई ढोग्दा पस्तोल भुँइमा खस्दा राणा शासकबीच हलचल पैदा भएको कुरादेखि श्री ३ महाराज पद्म शमशेर राष्ट्रको नोकर भनेर दुनियाँको खातिर हामी खडा भएका हौं भन्ने कुरासमेत पुस्तकमा परेको छ। पुस्तकमा संचारको सुबिधादेखि उदारवादी सोच भएका, बैधानिक शासनका प्रणेता भन्ने कुराहरुलाई पनि चटनीको स्वादमा पस्किएको पाइन्छ।
लेखकले लिच्छबीकालीन इतिहासको खड्किँदो पक्षमाः लिच्छवीकाल नेपालको स्वर्णयुग हो त भन्ने प्रश्नमा उनीहरु को हुन ? र कहाँबाट आए? भन्ने दृष्टिकोण राख्नुभएको छ। लेखकले दुईवटा शीर्षकमा तथ्यसहित घटना चाहिँ सानो तर नेपालको इतिहासमा चर्चा भने निकै भएको कुरा उल्लेख गर्नुभएको छ त्यो हो-
कीर्तिपुर विजय र प्रचण्ड गोर्खा पृथ्बीले तेश्रो पटकको अथक प्रयासपछि कीर्तिपुर बिजय गरेको, बिजय पश्चात कीर्तिपुरेको नाक कान काटिएको, बाबुरामकै भनाइमा यसलाई अतिरञ्जित गर्ने काम फादर जेसेपिलेले गरेको त्यस्तै जयन्त रानाको छाला काटिएको, पंचायत कालमा एक जना प्रमुख जिल्ला अधिकारीले राजा बीरेन्द्रको देश भ्रमणको समयमा हात मिलाउँदाको घटना निकै चर्चामा आएको, त्यस्तै प्रचण्ड गोर्खा नामक संस्थाले नेपालमा बैधानिक शासन कायम गर्न खोज्दा यसको पोल लक्ष्मण राजाबाट खोलिँदा सबैलाई ठूलो यातना दिए तर भीमले मृत्युदण्ड खारेज गरेकै कारण खण्डमान, मैन बा खड्ग मानले ज्यान सजाय पाएनन्, पछि गएर मृत्युदण्डको ब्यबस्था यथाबत् गरिँदा दशरथ, गंगालाल, शुक्रराज, धर्मभक्तलाई मृत्युदण्ड दिइयो।
लेखककले अन्तिम परिच्छेदमा मिसमास भन्ने शीर्षकमा नेपालको इतिहास लेखनमा अंग्रेज कुटनीतिज्ञ, गंगोत्री मन्दिर, श्रुति परम्पराको अनुपम नमुना, भोटमा नेपालको कानुन बारेमा नयाँ नयाँ स्वादमा कलम चलाउनु भएको पाइन्छ।
बास्तवमा नेपालमा सन् १८१६ देखि आवासीयदूत राख्ने प्रचलन सो प्रचलनले निरन्तरता पाएको, १९४७ देखि हालसम्म २२ जना राजदूत भई नेपाल आएका, जसम पहिलो कुटनीतिज्ञ बिलियम कर्क प्याट्रिकले नेपाल आई नेपालको बारेमा पुस्तक लेखेका, त्यसपछिका अंग्रेज राजदूतले पनि नेपालबारे पुस्तक लेखेका छन्।
तर नेपालबाट भने बिभिन्न देशमा गएका राजदूतले श्रुति परम्परालाई कायम राख्दै आफनो संस्करण लेख्न तर्फ उद्दत भएको देखिएन। उनीहरुले आफ्नो जीवन कथा लेख्न उद्दत भएको देखियो। श्रुति परम्परालाई कायम गरेको पाइएन भनि ब्यंग्य गरिएको छ।
जस्तै नैनबहादुर खत्रीको मेरो जीवन यात्रा, लोकराज बरालको रोमान्चित जीवन, बिश्वम्बर प्याकुरेलको आफैंलाई खोल्दाः केही छोपिएका र केही उघारिएका, मातृका प्र. कोइरालको मातृका बाबु यी सबै बिशिष्ठ बिद्वान भएता पनि कुटनीतिको बिषयमा खासै चर्चा गरेका छैनन्। तर एकजना कुटनीतिज्ञ मदनकुमार भटटराईले भने डिप्लोमेटिक हिष्ट्री अफ नेपाल लेखेको कुरा पुस्तकमा समेटिएको छ।
भारतको महत्वपूर्ण तीर्थस्थल गंगोत्री मन्दिर नेपालको गौरवपूर्ण तथा अतीतको प्रतीक हो यो मन्दिर नेपाल सरकारको सहयोगमा बडाकाजि अमरसिंह थापाले बनाएका हुन,उक्त मन्दिरको जानकारी गराइएको छ।
जयस्थिति मल्ल्को सन्देश, राम शाहको सन्देश पृथ्वी नारायण शाहेको दिब्य उपदेश आजसम्म पनि निकै सान्दर्भिक छ। त्यसलाई पालना गर्नुपर्ने श्रुति परम्परा पनि नेपालको इतिहास हो यसको जगेर्ना गर्नपर्ने बिचार ब्यक्त गरिएको छ।
भोटमा रहेका नेपालीहरुलाई नेपालको कानुन लाग्ने, भोटमा नेपालका अधिकारिले मुद्दा हेर्दथे, जसको लागि ल्हासामा अदालत स्थापना भएको थियो। जुन देशमा बस्यो त्यही देशको कानुन लाग्ने अन्तर्राष्टिय मान्यततको बिपरित थियो।
स्थानीय महिलासँग बिबाह गर्दा ती महिलाबाट जन्मिने छोरा चाहिँ नेपालकै हुने चलन थियो। पछि नेपालको नागरिकता लिएको दृष्टान्त पाइन्छ यी सबै कुरा एका देशका कथा जस्तो भए भनि लेखकले १९५ पृष्ठमा यो पुस्तक तयार पार्नु भएकोछ।
पुस्तकका कभर निकै आर्कषक छ। लेखकले यो पुस्तकमा महत्वपूर्ण बिचारहरु-नयाँ दृष्टिकोण समाबेश उल्लेख गर्नु भएकाले पुस्तक भविष्यमा अनुसन्धान गर्ने पाठकका लागि महत्वपूर्ण दस्ताबेज हुनेछ। नेपालको चौतर्फी बुझ्न चाहनेहरुका लागि भने पुस्तक पन्चामृत नै सावित हुनेछ।
तेश्रो परिच्छेद पछिका शीर्षकहरु निकै नयाँ तथा रोचक तथा घटना प्रधान छन्। सर्बसाधारण मानिसलेसमेत देखेको भोगेको र अनुभूति गरेका र नेपालका नीति निमार्ता तथा राजनीतिज्ञ, बुद्धिजिबिसमेतले अनुभव गरेका बिबरण छन्।
जसले गर्दा पुस्तकको महत्व बढेको छ। यी कुराहरु उल्लेख भएपनि लेखक स्वयंले यो पुस्तक बिभिन्न पत्रपत्रिका लेखिएका लेखहरु भनि पुस्तकको भूमिकमा उल्लेख गरिसक्नु भएकाले यसमा टिकाटिप्पणी गर्नु आवश्यक देखिन्न।
अतः लेखकको गरेको यो साहसिक कार्यको प्रशंशा गदै शीर्षक चयन बिषय बस्तुलाई सरल र रोमान्चित बनाउन तथा इतिहासलाई बर्तमानसम्म तुलना गर्न सक्षम इतिहासकार प्राडा तीर्थप्रसाद मिश्रको नेपालको इतिहास लेखन बिधामा महत्वपूर्ण योगदान रहेको छ।
पाठकहरुले भने पढ्दै जाँदा विभिन्न स्वादका चटनी चाखेजस्तो हुने अन्त्यतिर पुगेपछि नेपालको सबै पक्षलाई समेटेर लेखिएको सिंगो पुस्तकलाई पन्चामृतकै रुपमा ग्रहण गरेको अनुभूति गराउनेछ।
Facebook Comment