गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ वेलायत प्रस्थान

डिसी नेपाल
६ भदौ २०७६ १२:४८

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार वेलायत प्रस्थान गरेका छन्। वेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसगै शुक्रबार त्यसतर्फ प्रस्थान गरेको स्वकीय सचिव सुर्य प्रसाद गुरुङले जानकारी दिए।

हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने मुल नारा सहित आइतबारदेखि वेलायतमा नेपाली मेला सुरु हुँदैछ। मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभगी हुनेछन्। तमू धीं युकेको आयोजनामा २००९ देखि नेपाली मेला सञ्चालन हुदै आएको छ।

वेलायत बसाईको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएन वेलायत सहित विभिन्न नेपाली समुदायको गर्ने कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम छ। वेलायत बसाईको क्रममा एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण बर्षका लागि वताबरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए। मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *