नेता तथा व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाऔं : डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डोलप्रसाद अर्यालले राज्यको उच्चतहमा पुगेका नेता तथा व्यक्तिहरूको सम्पति छानबिनका उच्चस्तरीय आयोग बनाउन आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अर्यालले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको भन्दै राज्यको उच्च निकायमा सवैको सम्पति छानविनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन आग्रह गरेका हुन्।
उनले वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानविनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउन समेत सुझाव दिए।
संसदबाट प्रश्न उठेपछि आफ्ना सभापतिमाथि छानबिन गर्न तयार भएको र अहिले कानूनी लडाई लडिरहेको भन्दै उनले सरकार र सदनसमेत अन्य नेताको छानविनका लागि तयार हुनुपर्ने बताए।
त्यस्तै उनले सभापतिको नागरिकका बिषयमा पनि सांसदहरुले प्रश्न उठाएको भन्दै पार्टी सभापतिको नागरिकता सांसदको घरमा नभइ आवश्यक पर्ने निकायमा उपलव्ध गराइने स्पष्ट पारे। सहकारी प्रकरणमा दुई दलको दम्भले नभइ नीति र विधिमार्फत छानविन हुनुपर्ने उनको भनाइ छ।
Facebook Comment