पछिल्लो पुस्ता निराशाको व्यापार गर्न थाल्यो : मन्त्री पाण्डे

काठमाडौं । नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबार सम्पन्न भएको छ।
महोत्सवको समापन समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पछिल्लो पुस्ताका मानिसहरू निराशाको व्यापार गर्न थालेको बताएका छन्।
उनले नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले सबैलाई उत्प्रेरणा दिएको भन्दै उनले चलचित्रहरुले नेपालको सन्दर्भमा सकरात्मक सन्देश दिनुपर्ने पनि बताए।
उनले भने,‘चलचित्र ससंक्त माध्यम हो। यसको फेस्टिबलले हामीलाई उत्प्रेरणा दिन्छ। पुरस्कार सम्मानले उत्प्रेरणा दिन्छ। यसले खुसी दिन्छ जसले सिर्जनशीलता थप्छ। सिर्जनशीलताले सकरात्मक परिणाम दिन थाल्छ त्यसैले यो दिशामा अभिमुख हुनुपर्छ। हामीले लेख्ने कविता, कथा, हामीले प्रस्तुत गर्ने चलचित्रहरुले नेपालको सन्दर्भमा सकरात्मक सन्देश दिनुपर्छ। हामी पाको पुस्ताका मानिसहरु निराशाको व्यवपार गर्न थालेको छौ। यो देश बन्दै बन्दैन। केही गर्नै सकिदैन।’
उनले नेपाली चलचित्रले आर्थिक चलयमान गराउने भन्दै यसले अर्थतन्त्र बलियो बनाउने पनि बताए।
उक्त चलचित्र महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्र प्रदर्शन गरिएका थिए।
Facebook Comment