मोड्रीच र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

डिसी नेपाल
१२ फागुन २०८१ ७:५६

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि सहज जित हासिल गरेको छ। आइतबार राती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई २-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा लुका मोड्रीच र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ। रियल म्याड्रिडको शिर्ष स्थानमा रहेको बार्सिलोनासँग समान २५ खेलमा ५४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २५ कलमा ५३ अंक रहेको छ।

त्यसैगरी जिरोनाको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा १३औ स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *