जर्मनीमा कन्जरभेटिभ पार्टीले जित्यो चुनाव, अहिलेका चान्सलरको पार्टी तेस्रो स्थानमा

काठमाडौं । जर्मनीमा भएको आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको संसदमा सबैभन्दा ठूलो दल बनेको छ। यो पार्टीले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको छ।
जर्मनीमा सीडीयू/सीएसयू पार्टीका नेता फ्रेडरिक मेर्ट्जले भनेका छन् ‘आज हामी उत्सव मनाइरहेका छौं, तर भोलि काम गर्नेछौं।’ सीडीयू पूर्व चान्सलर एन्जेला मर्केलको पार्टी हो ।
जर्मनीमा चुनावपछि मतगणना सकिएको छ। चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी तेस्रो स्थानमा आएको छ। तेस्रो भएको पार्टी अहिलेका चान्सलर ओलाफ स्कोल्जको हो ।
यी नतिजाहरूमा युरोपेली नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेको छ।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले भने, “म नयाँ जर्मन सरकारसँग नजिकबाट काम गर्न र हाम्रा दुई देशहरू बीचको पहिले नै बलियो सम्बन्धलाई अझ बलियो बनाउन तयार छु।”
उनले बेलायत र जर्मनीले दुवै देशको सुरक्षा र विकासका लागि मिलेर काम गर्ने बताएका छन्।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मेर्ट्जलाई बधाई दिएका छन् र दुवैले बलियो युरोपको लागि मिलेर काम गर्ने बताएका छन्।
Facebook Comment