इजरायलले कब्जा गरिएको वेष्ट बैंकमा आफ्नो सेना किन बढायो ?

डिसी नेपाल
१२ फागुन २०८१ ११:२८

काठमाडौं । इजरायलले कब्जा गरिएको वेस्ट बैंकमा रहेका तीन शरणार्थी शिविरबाट मानिसहरूलाई खाली गराएको छ। उसले त्यहाँ पहिले नै रहेको आफ्नो सैन्य उपस्थितिलाई अझ बढाएको छ।

“जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू अब खाली छन् र एक वर्षको लागि सैन्य कब्जामा रहनेछन्,” इजरायली रक्षामन्त्री इजरायल काट्जले भने।

इजरायल काट्जले भने – “आतंकका गुँडहरू” हटाइएको छ।

गत महिना गाजामा युद्धविराम सम्झौता भएदेखि वेष्ट बैंकमा ५० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्।

बीबीसी संवाददाता भन्छन् – धेरै प्यालेस्टिनीहरूलाई इजरायलले उक्त क्षेत्र कब्जा गर्ने योजना बनाएकोमा डर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *