विदेशी दातृ निकायबाट आएको सहयोग र खर्च जानकारी गराउन माग

डिसी नेपाल
१२ फागुन २०८१ १३:२६

काठमाडौं।  स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट आएको सहयोगको विवरण सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसदलाई जानकारी गराउन माग गरेका हुन्।

उनले भने,‘कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो? कति देश टुक्र्याउनेमा लगानी भयो? यो सम्पूर्ण जानकारी राख्ने हक यो सदनले राख्दछ।’

एनजीओहरुलाई मनिटरिङ गर्नुपर्छ भनेर संसदीय समितिबाट निर्णय हुँदै गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा डराएको सिंहले आरोप लगाए। उनले अहिलेपनि राष्ट्रिय सदाचार नीति त्यतिकै फालिएको बताए । उनले अहिलेको सरकारलाई कति पैसा एनजीओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *