छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी

डिसी नेपाल
१३ फागुन २०८१ ९:११

मुम्बइ । बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘छावा’ले हलमा कमाईका नयाँ कीर्तिमान बनाउन व्यस्त रहेको छ । फिल्मले लगातार राम्रो कमाइ गरिरहेको छ । चलचित्र निर्देशक लक्ष्मण उतेकरको निर्देशनमा बनेको यो चलचित्र अझै पनि सुस्त हुन सकेको छैन ।

तर, योसँगै फिल्म विवादमा पनि परेको छ । वास्तवमा यो पिरियड ड्रामा फिल्मले इतिहाससँग छेडछाड गरेको र कतिपय पात्रलाई राम्रोसँग प्रस्तुत नगरेको आरोप लागेको छ । साथै, १०० करोडको मानहानीको मुद्दा हाल्ने धम्की समेत दिइएको छ । अब यस फिल्मका निर्देशक लक्ष्मण उतेकरले प्रतिक्रिया दिएका छन् ।

सबैलाई थाहा छ ‘छावा’ फिल्म महान शासक छत्रपति संभाजी महाराजको बायोपिक हो। यो चलचित्रमा सुरुदेखि नै मानिसको नजर र प्रतिक्षामा रहेको पनि थियो । सुरुमा फिल्मका केही नृत्य दृश्यलाई लिएर विरोध भएको थियो, त्यसपछि फिल्मले तत्काल कारबाही गर्दै ती आपत्तिजनक दृश्यहरू अन्तिम समयमा हटाएको थियो ।

अब यस फिल्मका दुई विशेष पात्रका सन्तान गणोजी शिर्के र कान्होजी शिर्केले विक्कीको फिल्ममा आफ्ना पुर्खाको पात्रको छवि तोडफोड गरी इतिहासलाई गलत ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको आरोप लगाएका छन् । गणोजी र कान्होजी शिर्केका १३ औं सन्तान लक्ष्मीकान्त राजे शिर्केले १०० करोड मानहानीको मुद्दा हाल्ने धम्की दिएका छन् ।

यसबारे निर्माण पक्षबाट पनि प्रतिक्रिया आएको छ । यो कुरा फिल्मका निर्देशक लक्ष्मण उतेकरलाई थाहा हुने बित्तिकै उनले तत्काल गणोजी शिक्रे र कान्होजी शिक्रेका परिवारलाई भेटेर माफी मागेको भारतीय सञ्चारमाध्यमले लेखेका छन ।

फिल्म छावासँग सम्बन्धित यो नयाँ विवादमा लक्ष्मण उतेकरले माफी मागेको जनाए । ‘हामीले फिल्म छावामा गणोजी र कान्होजी शिर्केको नाम मात्रै उल्लेख गरेका छौं । हामीले उनको थर पनि प्रयोग गरेका छैनौं। हामीले फिल्ममा हाम्रो कुनै पनि गाउँको उल्लेख नगर्ने ख्याल राखेका छौं। शिर्के परिवारलाई दुख दिने हाम्रो मनसाय कहिल्यै थिएन । यदि छावाले कसैलाई कुनै किसिमको अप्ठ्यारो परेको छ भने म माफी माग्न चाहन्छु ।’

फिल्मको बारेमा कुरा गर्दै छावाले रिलिज भएको १० दिनमा विश्वभर ४४४.५० करोड कमाइ सकेको छ । यो कमाउने क्रम जारी रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *