नेपाली कांग्रेस कास्कीको भातृ संस्था समन्वय शाखामा विकास थापा

डिसी नेपाल
१३ फागुन २०८१ ९:३५

काठमाडौं । नेपाली कांग्रेस कास्कीले भातृ संस्था समन्वय शाखा संयोजकमा नेपाली कांग्रेसका जिल्ला सदस्य विकास थापालाई मनोनयन गरेको छ ।

कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालद्वारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको नियमवली २०७६ को परिच्छेद १७ को धारा ३ बमोजिम मनोनयन गरेको जनाइएको छ।

कांग्रेस केन्द्रीय समितिले लामो समयदेखि सम्पूर्ण भातृ संस्थाको अधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्ने र नगर्नेलाई म्याद थप नगर्ने भएसँगै कास्कीमा पनि सम्पूर्ण भातृ संस्थाको अधिवेशन सम्पन्न गराउन र भातृ संस्था र पार्टीबीच समन्वय गराउन थापालाई मनोनयन गरिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले वताए।

थापा नेपाल विधार्थी संघ कास्कीका पूर्वसभापति समेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *