कांग्रेस-एमाले संयन्त्रको बैठक बस्दै, सरकारका विषयमा छलफल हुने

काठमाडौं । सरकारका प्रमुख घटक नेपाली कांग्रेस र नेकपाएमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक बस्ने भएको हो।
बैठकमा सरकार सञ्चालन र समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू सहभागी हुने छन्।
प्रतिक्रिया
Facebook Comment