सकारात्मक साेचाई राखाैं, भएकाे विकासलाई आत्मसात गराैं : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
१३ फागुन २०८१ १४:४४

नेपालगञ्ज। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नकारात्मक प्रचरप्रसारले विकास निर्माण सम्भव नहुने भन्दै सकारात्मक साेचाइ राख्नुपर्ने बताएका छन्।

मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा निर्मित सिटी हलकाे समुद्ञाटन गर्दै उनले भएका विकास कार्यलाई आत्मसात गर्नुपर्ने बताएका हुन्। उपप्रधानमन्त्री सिंहले भएका विकास निर्माणका काम संरचनाकाे सदुपयाेग गर्नुपर्नेमा जाेड दिए।

`विकास निमार्णको क्रममा बनिसकेको भवन तथा विकासको सहि सदुपयोग गर्नुु पर्छ ,´ उनले भने,`नकारात्मक प्रचारप्रसारले विकास सम्भव हुन सक्दैन। सकारात्मक सोचाइ र भएका विकासलाई पनि आत्मसात गर्नु जरुरी छ।´

सिटी हलले नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन सहयाेग पुग्ने पनि उनले विश्वास व्यक्त गरे। नेपालगञ्ज सिट हलकोको निमार्ण पश्चात यहाँ हुने विभिन्न गतिविधिहरुलाई व्यवस्थित गर्न सुविधा हुने भन्दै उनले यसको सहि सदुपयोग गर्नको लागी आग्रह गरे। हलको सिटिङ क्यापासीटी ७९५ रहेको छ। सिटी हलकाे समुद्घाटनसँगै हल सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएकाे छ।

उपप्रधानमन्त्री सिंहले बाेल्ने अधिकार संगसंगै आफनो काम कर्तव्य लाई पनि भुुल्नु नहुने भन्दै सधै नकारात्मकतामा लाग्ने भन्दासकारात्मक आलोचना हुनुपर्नेमा बताए। उनले वर्तमान सरकार राजनीतिक स्थिरताकाे जगमा समृद्धिकाे बाटमेमा अघि बढिरहेकाे भन्दै त्यसमा हरेककाे साथकाे आवश्यक्ता रहेकाेमा जाेड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *