विद्यार्थीमाथि बलात्कार गर्ने शिक्षक पक्राउ

डिसी नेपाल
१३ फागुन २०८१ १५:०४

गोरखा । विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा गोरखा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजारकोटको नलगाड नगरपालिका-८ घर भई धार्चे गाउँपालिका-२ रुञ्चेतस्थित एक विद्यालयमा पढाउने शिक्षक कमलबहादुर बोहोरा छन्।

१५ वर्षीया छात्रामाथि विगत तीन महिनादेखि यौन शोषण गर्ने गरेको आरोपमा अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पछिल्लो पटक गत माघ २८ गते नरापर्व चलिरहेका बेला बलात्कारको घटना भएको थियो। घटनालगत्तै अभिभावकले सोधपुछ गर्दा लामो समयदेखि यौन शोषण हुने गरेको खुलासा भएपछि प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले शिक्षक बोहोरालाई गत फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीमाथि अनुसन्धान थालिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *