विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु

काठमाडौं । बागमती प्रदेसका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ। सोमबार विषादी सेवन गरेका थापाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
धादिङको धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित एक साथीको डेरामा सोमबार दिउँसो २ बजे विषादी सेवन गरेको अवस्थामा बेहोस फेला परेका थिए।
उनलाई अस्पताल लगिए पनि उपचारकै क्रममा सोमबार बेलुकी ६:३८ बजे ज्यान गएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन्।
थापाको साथबाट पत्र बरामद भएको छ । पत्रमा उनले सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडेर बेइज्जत गर्न खोजेको आरोप लगाएको प्रहरीको भनाइ छ।
सुमेरु सहकारी प्रकरणमा गत आइतबार सार्वजनिक अडियोमा थापाको नाम जोडिएको पाइएको प्रहरीले जनाएको छ।
मृतकको साथबाट प्राप्त पत्रमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको आरोप छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।
Facebook Comment