स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुँदैन : मन्त्री पौडेल

डिसी नेपाल
१३ फागुन २०८१ १७:२६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता नगर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल मेडिकल कलेजको २५औं वार्षिकोत्सव समारोहमा उनले उपचार पद्धतीमा गुणस्तरको कुरा आउन नहुने भन्दै गुणस्तरियतामा कहि कतै सम्झौता नहुने गरी यसको क्षमता जति छ त्यति जनशक्ति उत्पादन गर्ने स्विकृति दिनुपर्ने बताए।

उनले भने, ‘खासगरि स्वास्थ्यमा गुणस्तरियता भन्ने शब्द प्रयोग गर्नै नपर्ने हो। स्वास्थ्य गुणस्तरहिन हुनै सक्दैन। हामी गुणस्तरिय औषधी भन्छौं, गुणस्तरहिन औषधी कस्तो हुन्छ पिठोको डल्लो। त्यसकारण यो हाम्रो भाष्य जुन छ, यो धेरै दर्दनाक छ। स्वास्थ्य कहिले पनि गुणस्तरहिन हुन सक्दैन। उपचार पद्धतीमा नै गुणस्तरको कुरा गर्नुपर्ने अवस्था भएपछि यहाँ समस्या छ भन्ने कुरा बुझ्नुपर्छ। त्यसकारण गुणस्तरियतामा कहि कतै सम्झौता नहुने गरि यसको क्षमता जति छ त्यती जनशक्ति उत्पादन गर्ने स्विकृती दिनुपर्छ।’

यसको साथै, उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएपनि नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन नसकेको बताए।

उनले भने, ‘हामी थुप्रै राजनीतिक दलले समाजवादको कुरा गर्छौ। आम नागरिकले उपचारमा सर्वसुलभता, सन्तुष्ट हुन पाउने गरि उपचार सेवा, सस्तो र नसक्नेले निशूल्क सेवा लिन सक्ने अवस्था बनेको छ त यस्ता ठूला संरचनाहरु बनेको छ, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ। तर नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन सकेको छैन। यसको लागि मैले भन्दै आएको कुरा बिमालाई व्यवस्थित गरौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *