विश्वकपका गोल्डन बुट विजेता केनले पन्ध्रौ खेलमा बल्ल गरे गोल

डिसी नेपाल
३ भदौ २०७५ २:२२

काठमाडौं । रुस विश्वकपमा सर्बाधिक गोल(६) गर्दै गोल्डन बुट जितेका टोट्नह्यामका ह्यारी केन प्रिमियर लिगमा भने १५औं खेलमा बल्ल गोल गर्न सफल भएका छन्।

शनिबार राति भएको खेलमा फुल्हामलाई पराजित गर्दा उनले टोट्नह्यामका लागि गोल गर्नुअघि १४औं खेलमा उनले गोल गर्न सकेका थिएन्।

टोट्नह्यामले फुल्हामलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार लिगमा दोस्रो जित हात पारेको हो।

पहिलो हाफमा लुकास मौराको गोलसँगै अग्रता बनाएको टोट्नह्यानले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

खेलको ४३ औं मिनेटमा लुकासलाई टोट्नह्यामलाई सुरुवाती अग्रता दिलाएपनि दोस्रो हाफको सुरुवात मै अलेक्जेन्डर मित्रोभिकले फुल्हामबाट बराबरी गोल फर्काएका थिए।

७४ औं मिनेटमा किर किरण ट्रिपर र त्यसको तीन मिनेट नवित्दै केनले गोल गर्दै आफ्नो लामो गोलरहित यात्रा टुंग्गाएका थिए।

लगातार दुई खेलमा दुई गोल गर्दै ६ अंक भएपनि गोलअन्तरको आधारमा टोट्नह्याम लिगको दोस्रो स्थानमा छ। पहिलो स्थानमा चेल्सी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *