जनयुद्धलाई हिंसा भन्ने रामबहादुर थापाको अभिव्यक्ति अस्वभाविकः देवेन्द्र पौडेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धलाई हिंसा भन्ने रामबहादुर थापाको अभिव्यक्ति स्वभाविक नभएको बताएका छन्।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताएका हुन्।
उनले जनयुद्ध हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलन भएको जिकिर गरे। उनले एमाले-कांग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गर्ने काम गरेको उल्लेख गरे। हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य भएको उनले बताए।
कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ।
Facebook Comment