एकीकृत समाजवादीद्वारा आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन

डिसी नेपाल
१४ फागुन २०८१ १८:३६

काठमाडाैं। नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको नेकपा समाजवादीको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाउने निर्णय गरेको हो।

कार्यदलमा महासचिव भुसालका साथै मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, बिजय पौडेल र रामकुमारी झाँक्री रहेका छन्।

कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्ययोजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए।

त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्तावेज, संगठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रुप दिन बरिष्ठ नेता बेदुराम भुसाललको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको उनले बताए।

बैठकले पार्टीलाई एकतावद्ध भएर अघि बढाउने निर्णय गर्दै केन्द्रीय कमिटीका निर्णयहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *