अफगानिस्तानसँग हारेसँगै इङ्ल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

काठमाडौं। अफगानिस्तानले इङल्याण्डलाई पराजित गरेको छ। जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह बी को खेलमा अफगानिस्तानले इङल्याण्डलाई ८ रनले पराजित गरको हो।
अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले ४९.५ ओभरमा अल आउट हुँदै ३१७ रन मात्र बनाएपछि खेल अफगानिस्तानले ८ रनले जितेको थियो।
इङ्ल्याण्डका लागि जो रुटले सर्बाधिक १२० रन बनाएका थिए भने बेन डकेट र कप्तान जोस बटलरले ३८-३८ रन बनाएका थिए। त्यस्तै जामी ओभरटनले ३२ रन बनाएका थिए।
त्यस्तै अफगानिस्तानका ब्व्ल्र अजमतुल्लाह ओमारजाईले सर्बाधिक ५ विकेट लिएका थिए भने मोहमद नविले २ विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउदै ३२५ रन बनाएको थियो।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक १७७ रन बनाएका थिए। जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका थिए।
त्यस्तै अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०-४० रन बनाएका थिए।
त्यसैगरी इङ्ल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिएका थिए।
यो हारसँगै इङ्ल्याण्ड लगातार दुई खेलमा हार बेहोरेर च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ। त्यस्तै अफगानिस्तानले २ खेलमा २ अंक हासिल गरेको छ भने सेमिफाइनलको सम्भावना कायम राखेको छ।
Facebook Comment