टोटनह्याममाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

डिसी नेपाल
१५ फागुन २०८१ ७:२५

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्याममाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा खेलको १२औं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनको थियो।

यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ४७ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यस्तै टोटनह्यामको २७ खेलमा ३३ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *