एन्ड्रिकको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । रियल म्याड्रिडले कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा रियल सोसियडाडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा खेलको १९औँ मिनेटमा एन्ड्रिकले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । अब दोस्रो लिग अप्रिल २ मा हुने छ ।
यसअघि सम्पन्न अर्को सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना र एटलेटिको म्याड्रिड ४-४ गोलको बराबरी खेलेका थिए ।
प्रतिक्रिया
Facebook Comment