अमर गीत

अमर गीत त्यो हो जसले मानवलाई अमर बनाउँछ
ब्रम्हा बिष्णु महेश रम्ने स्वयम् त्यो गीत बुझाउँछ।
बने गीतका भाखा अनगिन्ति यो संसारमा
गुन्जे कवि शब्दका भाषा यो ठूलो आकासमा।
हाँसे कति मानव यहाँ खित्का छोडी छोडीकन
रोए कतिका मानिस यहाँ आँसु बहाइकन।
जन्मे कति प्राणी यहाँ हाँसी गीत सुनिकन
मरे कति मध्ये यहाँ त्यो अमर गीत नसुनिकन।
रोए कति ऋषिमुनि यहाँ गीत अमरको सुनिकन
हामी नमरौं यहाँ यो अमर गीत नसुनिकन।
जसले कथा र गीत सुन्छ त्यो श्लोकवाणीको
त्यो गीत हो मुक्तिको ईश्वर शिव र पार्वतीको।
शिवले पार्वतीलाई सुनाएथे यो एकान्तमा बसी
आँसु खसाली रोइथिन् ती उमा सँगमा रही।
सुनाए शिवले त्यो गीत ती पार्बतीको कानमा
निद्राको तन्द्रमा पल्टेकी ती शिवको साथमा।
सुन्दा सुन्दै ती उमा झुमेकी शिवको माझमा
बेला बित्दै गइ हाल्यो झुल्क्यो आकास साँझमा।
त्यही अमर कथाको गीत जो भागवतमा लेखियो
गीत कविताको छन्दमा सबै ब्यासबाट फुरियो।
समाई कलम गणेशजीले गीत लेख्न सुरु भयो
बनाए व्यासजीले त्यही श्रीमद्भागवत बन्न गयो।
अमर कथा गीत भो सारा हिन्दु धर्माबलम्बीहरुको
सबै मुक्ति र अमर भए यो कथा गीत सुन्नेहरुको।
जसले भागवत सुन्यो त्यसले पायो अमरत्वको मणि
आउन्नन् भूलोकमा फेरि यो लोकमा अल्झिने गरी।
सुकदेव थिए जसले गीत राजा परीक्षितलाई सुनाए
सातै दिनको अन्तरमा उनलाई मुक्ति अमर बनाए।
गीत निष्ठा र कर्मको छ त्यो गोलोकमा पुर्याउने
जसले यो गीत लेखेको छ त्यो सधैं अमर बनाउने।
सुनौं भागवत त्यो कैले यो हाम्रो एक जन्ममा
बुझौं त्यसको भेद हामी यही यो जगतमा।
नछुटुन् कोही ती आत्मा पिइ यसको रस
नफर्किउन् फेरि ती आत्मा यही भूलोकमा अब।
कथा अमरको यो गीत सुनी सबै रमाउन्
आफ्ना सारा ती कर्मका काम श्रीकृष्णमै लगाउन्।
Facebook Comment