मोरङमा नेविसंघको दुई पक्षबीच झडप

डिसी नेपाल
१५ फागुन २०८१ १६:४२

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मोरङमा कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बारेमा कांग्रेसको संस्थापन पक्ष र इत्तर समूहबीच कुटाकुट भएको हो।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन्। संस्थापन अर्थात सभापति शेरबहादुर देउवा र इतर समूहका शेखर कोइराला समूहका नेताहरुबीच कुटाकुट हुँदा कोइराला समूहका दुई नेता कुटिएका हुन्।

नेविसंघ मोरङका सभापति सरोज पोखरेल र आयुष दाहालसहितको टोली क्याम्पसमा इकाइ समिति गठन र स्ववियु चुनावको भागबन्डाको विषय लिएर गएपछि विवाद भएको थियो। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको समूहले पोखरेल र दाहाललाई कुटेको बताईएको छ।

स्ववियु सभापति पौडेल देउवा समूहका हुन्। जिल्ला सभापति पोखरेल भने कोइराला समूह हुन्। उनीहरूबीचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *