पश्चिमा सम्भ्रान्त वर्गले शान्ति वार्ता बिथोलेको पुटिनको आरोप

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “पश्चिमी सम्भ्रान्त वर्ग” ले अमेरिकासँगको रुसको वार्तालाई तोडफोड गर्न खोजिरहेको दाबी गरेका छन् ।
राष्ट्रपति पुटिनले भने, “हामी बुझ्छौं कि रूस र संयुक्त राज्य अमेरिका बीचको सम्पर्क पुनः सुरु भएकोमा सबैजना खुसी छैनन्।”
“पश्चिमी सम्भ्रान्तहरू अझै पनि संसारलाई अस्थिर बनाउन उत्सुक छन्। यी तिनै शक्तिहरू हुन् जसले दुई देशबीच सुरु भएको वार्तालाई रोक्न यस्तो प्रयास गर्नेछन्।
“हामीले कूटनीतिक स्तरमा सबै सम्भावित उपायहरू अपनाउनुपर्छ र त्यस्ता प्रयासहरूलाई विफल पार्न विशेष सेवाहरू प्रयोग गर्नुपर्छ,” पुटिनले भने।
रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसले साउदी अरेबियामा वार्ता सुरु गर्ने बारेमा कुरा गरेका थिए।
यस कुराकानीलाई लिएर रुसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई निशाना बनाएका छन्।
समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार राष्ट्रपति पुटिनले रुसको एफएसबी सुरक्षा एजेन्सीसँगको बैठकमा भने, “नयाँ अमेरिकी प्रशासनसँगको पहिलो बैठकले आशा जगाउँछ। यसअन्तर्गत, दुवै देशले आफ्नो सम्बन्ध पुनर्स्थापित गर्न चाहन्छन्।”
यसैबीच, रुसको तास समाचार एजेन्सीको रिपोर्ट अनुसार इस्तानबुलमा रुसी र अमेरिकी प्रतिनिधिमण्डलहरू बीच वार्ता भएको छ।
दुई देशका प्रतिनिधिहरूबीच ६ घण्टाभन्दा बढी समयसम्म वार्ता भयो। यस वार्ताको उद्देश्य अमेरिका र रुसबीच जारी मतभेद समाधान गर्नु थियो।
Facebook Comment