‘फेरि रेशम फिलिली’लाई दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ

डिसी नेपाल
१६ फागुन २०८१ १५:५९

काठमाडौं । गत बुधबार फागुन १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ। बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमाले पहिलो दिन राम्रो अनुपेन्सी पाएको थियो।

दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै सिनेमाका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए। दर्शकले पनि सिनेमाका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्य समेत गरेका थिए। सिनेमा हेर्ने अधिकांश कथावस्तु र त्यसले दिएको सन्देशले मने जितेको प्रतिक्रिया दिएका छन्।

दर्शक प्रतिक्रिया पश्चात मिडियासँग कुरा गर्दै सिनेमा निर्देशक निरोज महर्जनले सिनेमालाई एकदम पोजेटिभ रेस्पोन्स मिल्नुका साथै सवैको राम्रो साथ पाइरहेको बताए। ‘आफुले सिनेमा जे सोचेर बनाएको थिए। त्यसमा दर्शक तथा समीक्षकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले हौसला मिलेको छ,’ निर्देशक महर्जन भने।

यता सिनेमाका मुख्य अभिनेता विनय श्रेष्ठले सिनेमाले मज्जाले दर्शकलाई फिलिली बनाएको दर्शक पनि बढिरहेको बताए। सुरुवाती दुई दिन वार्मअप भएको भन्दै आज शुक्रबार अनि भोली शनिबार दर्शकको राम्रो साथ मिल्ने विश्वास उनको छ। विकेन्डमा सिनेमाले दर्शकको फिलिली हुने गरी साथ पाउने उनको दाबी छ।

सिनेमाका अर्का अभिनेता हरिया अर्थात् कामेश्वर चौरासियाले बुधबार र बिहीबार जति दर्शकले सिनेमा हेर्नु भयो राम्रो भन्नु भएकाले दर्शकहरु विभिन्न कारणले हलमा पुग्न नसकेको हुन सक्ने भन्दै विस्तारै बढ्दै जाने बताए।

सिनेमाकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुशी व्यक्त गरिन्। आफ्नो अघिल्ला सिनेमाको तुलनामा यो सिनेमामा आफ्नो अभिनय धेरै सुधार भएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको उनको भनाई छ। समग्र सिनेमालाई नै दर्शकले राम्रो प्रतिक्रिया मिलेरहेको छ। विस्तारै दर्शकको साथ मिल्दै जानको उनको विश्वास छ।

सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ।

सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन्। सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन्। सिनेमाको कथा पनि उनले नै लेखेका हुन्।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *