बुबाको हृदयघात र छोरीको सवारी दुर्घटनामा मृत्यु, एकै चिहानमा अन्तेष्टि

दार्चुला । कञ्चनपुरका एक व्यक्तिको हृदयघात र छोरीको सवारी दुर्घटनामा ज्यान गएको छ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिल स्थायी घर भइ त्रिवेणी भन्सार कार्यालय नवलपरासीमा कार्यरत कार्यालय सहयोगी मोहन बोहराको हृदयघातका कारण फागुन १३ गते र उनीकै छोरी निर्मला बोहराको फागुन १५ गते कञ्चनपुरमा सवारी दुर्घटनामा परेर ज्यान गएको हो।
दुई दिनको फरकमा निधन भएसँगै बुबा-छोरीको कञ्चनपुरमा बिहीबार एकै चिहानमा अन्तेष्टि गरिएको छ। पढाइको सिलसिलामा निर्मला र उनका भाइ महेन्द्रनगरमा भाडाको घरमा बस्दै आएका थिए।
प्रतिक्रिया
Facebook Comment