सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकृत गर्छ : गृहमन्त्री लेखक

डिसी नेपाल
१६ फागुन २०८१ १६:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा नेशनल प्याव्सनको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री लेखकले प्राविधिक र प्रक्रियात कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाई भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने दाबी गरेका हुन्।

उनले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताए। अहिलेको समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको उनले बताए।

उनले देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरे। उनले शिक्षा विधेयकलाई समयमा नै पारित गरी शिक्षा क्षेत्रको कानूनी र नीतिगत सुधार गर्ने बताए।

मन्त्री लेखकले संघीय संसदमा विधेयकलाई अघि बढाउन ढिलाई भएकाले निश्चित समयवधिभित्र विधायनका बिषयलाई टुंगाउने गरी काम गर्ने धारणा राखे। उनले नीजि वा आवासिय विद्यालयका कारण सार्वजनिक वा सामूदायिक विद्यालयको गुणस्तर नघटने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *