नेमकिपाको आठौं महाधिवेशन सुरु

डिसी नेपाल
१६ फागुन २०८१ १७:३७

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

भक्तपुरको सल्लाघारीमा पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले महाधिवेशनको उद्घाटन गरेका थिए। महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा कन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित नेमकिपाले जनाएको छ। महाधिवेशनमा काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहेको छ।

उद्घाटन समारोहमा नेमकिपा अध्यक्ष विजुक्छेले मुलुकको आर्थिक नीति विदेश निर्भर भएकाले आर्थिक उन्नती नभएको बताए। सरकारले आफ्नो मान्छेलाई रोजगारी दिने नाममा राज्यको ढुकुटी खर्च गर्नु समाजवाद नभएको उहाले बताए।

विजुक्छेले युवाहरुलाई विदेशमा नभइ आफ्नै ठाउमा रोजगारीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले महँगी र कालाबजारीलाई नियन्त्रण गर्नुपर्ने, चोरि निकासी गर्नेलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए।

समाजवादले मात्रै जनताको भलो हुने र समानता हुने भएकाले त्यसका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ छ । बिजुक्छेले स्थानीय सरकारलाई पूर्णरुपमा अधिकारसम्पन्न बनाउन नसक्नु सरकारको कमजोरी भएको उल्लेख गरे।

उनले नेमकिपाको झण्डामुनी आइ जनताको निस्वार्थ सेवा समर्पित हुन आग्रह गरे। अध्यक्ष विजुक्छेको नेतृत्वमा वि.सं. २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो। पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष विजुक्छेलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *