मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा

काठमाडौ। मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो। मछिन्द्रको जितमा स्टेफन जालीले २ गोल गरेका थिए भने मनिष डागी र रोशन रानाले एक एक गोल गरेका थिए।
अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ। फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुने छ।
प्रतिक्रिया
Facebook Comment